Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी२३ई सार्वजनिक

भिभो भी२३ई सार्वजनिक


काठमाडौं । भिभोले थुप्रै नवीन फिचरमध्येको एक रहेको सेल्फी फोटोग्राफीलाई उचाइमा पु-याउने ५० मेगापिक्सेल अटो फोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई नेपालमा सार्वजनिक गरेको छ ।

भिभो भी सिरिजको पछिल्लो संस्करणका रुपमा रहेको भी२३ ई नेपालमा मंगलबार सार्वजनिक भएको हो । यो डिभाइस २४ जनवरीसम्म प्रि–बुकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यसको आठ जीबी -याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४ हजार नौ सय ९९ रुपैयाँ तथा ८ जीबी -याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार भिभो भी२३ई मा उद्योगकै उत्कृष्ट फ्रन्ट क्यामरा, अटो फोकस तथा विभिन्न पोट्रेट मोडहरुमा उपलब्ध एआई एक्स्ट्रिम नाइट पोट्रेट मोड र मल्टि–स्टाइल पोट्रेटजस्ता अत्याधुनिक इनोभेसनको सम्मिश्रण छ । यस्तै प्रयोगकर्ताले अति अँध्यारो अवस्थामा पनि एआई एक्स्ट्रिम नाइट पोट्रेटका सहायताले फोटो लिन सक्छन् । यसबाहेक, डुअल–भ्यू भिडियोले एकैपटक अगाडि र पछाडिको क्यामराले दुवै कोणबाट एड्जस्ट गर्न सकिने आस्पेक्ट रेसियोसहितको अविस्मरणीय भिडियो खिच्न सहयोग पु-याउने कम्पनीको दाबी छ ।

यस्तै यसको स्टेडिफेस सेल्फी भिडियो मोडमार्फत शानदार भिडियो स्टेबिलाइजेसनको सहायताले सेल्फी लिँदा हल्लिने वा ब्लर आउने समस्यालाई टाढै राख्छ । जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी२३ई निकै पातलो र हलुका छ । भी२३ई को मूनलाइट स्याडो एडिसनको बडीको मोटाइ ७.३६ मिलिमिटर छ भने सनशाइन कोस्ट एडिसनको तौल ७.४१ मिलिमिटर छ । यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २.५ डीको पातलो फ्रेम राखिएको छ । भी२३ई मूनलाइट स्याडो एडिसनमा नानोस्केल प्रोसेसेङ सिर्जना गर्ने नवीन सेरामिक फिल्म कोटिङ रहेको दाबी गरिएको छ । यस्तै सनशाइन कोस्ट एडिसनमा भने यसको उल्टो स्पोर्ट्स एन्टि–ग्लेयर ग्लास दिइएको छ । प्रयोग गरिएका रंगहरुले पनि भी२३ई लाई यसको सुधारिएको फेसनेबल स्टाइलमा अझ भिन्न–भिन्न कोणबाट रंगहरुका लहर मिसाएर निकै आकर्षक झलक दिएको छ ।

कम्पनीका अनुसार यसअघिका जेनेरेसनका उत्पादनहरुसँग दाँज्दा ४४ वाट फास्टचार्जको अधिकतम चार्जिङ पावर ३३ प्रतिशतले बढेको छ, जसले १५ मिनेटमा १ बाट ४० प्रतिशत पु-याउने र दिनभर प्रयोग गर्दा पनि लामो समयसम्म ब्याट्री टिक्ने सुनिश्चितता थपिएको छ । भिभो भी२३ई ले प्राविधिक उच्चता तथा फेसनेबल स्टाइललाई एकैठाउँमा संयोजन गरी दुवै क्षेत्रमा अब्बल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया