Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर

दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर


काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्धनिर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा यो खबर घोषणा गरेका थिए ।

नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिने कुँवरले बताइन् । कुँवरले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएस कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् । यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्विडेन, पोल्यान्ड, साउदी अरब र इजिप्टजस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् ।

अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले वृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दै छिन् । उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्धनिर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया