Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला मोःमोःउत्सवको पाचौं संस्करण हुने

कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करण हुने


काठमाडौं, माघ २३
कोका–कोला मोःमोःउत्सव नेपालमा पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव एक पर्व हो जसले नेपालीहरुको प्रिय पेय पदार्थ र लोकप्रिय खाना अर्थात् कोक र मःमः को उत्कृष्ट संयोजनको प्रतीत गर्दछ ।

विगत चार वर्षको सफलताका साथ मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ । कम्पनीका अनुसार यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ । यस अभियानमा अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया