Techie IT
×
गृहपृष्ठकर्पोरेटडिशहोम फाइबरनेटको ‘डिलर दाइ’ सम्मान कार्यक्रम

डिशहोम फाइबरनेटको ‘डिलर दाइ’ सम्मान कार्यक्रम


काठमाडौं । डिशहोम फाइबरनेटले ‘डिलर दाइ’ सम्मान कार्यक्रममार्फत आफ्ना डिलरहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले क्षेत्रीय कार्यालय पोखरामा एक कार्यक्रमको आयोजना गरी गण्डकी अञ्चलमा रहेका डिशहोमका डिलरहरुलाई पुरस्कार वितरण गरेको हो ।

डिशहोमले पोखराका दिप इलेक्ट्रोनिक्स र ओम लामिछाने सप्लायर्स, स्याङ्जाका रञ्जना फेन्सी र लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइसमिल, भट्ट इलेक्ट्रोनिक्स र जनसेवा एलेक्ट्रोनिक्सलाई एक– एक थान ल्यापटप र प्रशंसा पत्रसहित सम्मान गरेको छ । डिशहोम फाइबरनेटले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ । सुपथ मूल्यमा ग्राहकहरुले इन्टरनेटको उत्कृष्ट अनुभव गर्ने डिशहोमले दाबी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया