उद्यमशीलता विकास कार्यक्रमको लागि त्रिपक्षीय सम्झौता
काठमाडौं । नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरम, नबिल बैंक लिमिटेड र महिला शक्ति विकास केन्द्र्र नेपालबीच महिला उद्यमीहरुलाई वित्तीय प्रणालीमा पहुँच, प्रोत्साहन तथा प्रेरित गर्नका लागि समझदारी भएको छ । परिसंघ ओमन लिडरशिप फोरमका संयोजक छायाँ शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
ओमन लिडरशिप फोरमले महिलाहरुलाई उद्यममा आबद्ध बनाउने उद्देश्यसाथ गठन भएदेखि नै नबिल बैंक र महिला शक्ति केन्द्रसँग छलफल सञ्चालन गर्दै आइरहेको थियो । सोहीअनुरुप महिलाहरुलाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जीवनस्तरको विकासलगायतमा सहयोग तथा पहुँच प्रदान गर्ने उद्देश्यले समझदारी भएको हो । संयुक्त राष्ट्रसंघको दिगो विकासको अवधारणामा समेत उल्लिखित महिलाहरुको वित्तीय सशक्तीकरणले यसको महत्वलाई दर्शाएकोले आर्थिक आत्मनिर्भरताले मात्र महिलाहरुलाई टेवा पुग्ने फोरमकी संयोजक छायाँ शर्माले बताइन् ।
यसैगरी महिला शक्ति विकास केन्द्रकी कार्यकारी निर्देशक कविता गुरुङ्गले महिलाको लागि नेतृत्व विकास, सामाजिक उत्थान तथा जीवनस्तर विकासका मुद्दाहरुमा केन्द्रले कार्य गर्दै आइरहेको र समझदारीबाट महिला उद्यमीहरुलाई आर्थिक रुपमा समेत सबल बनाउने उल्लेख गरिन् । साथै, नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले हस्ताक्षर गरेर मात्रै समझदारीपत्रको उद्देश्य पूर्ण नहुने भएकोले यसको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरे । हाल विश्वभर र नेपालमा समेत तीव्ररुपमा फैलिरहेको कोरोना महामारीको सन्त्रासबाट समेत जोखिम उठाएर दृढताका साथ उपलब्धि हासिल गर्नको लागि तीनवटै पक्ष उत्तिकै जिम्मेवारीपूर्वक लाग्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले ग्रामीण विकास बैंकको सफलता त्यहाँ महिला निक्षेपकर्ताको कारणले भएको र महिला नेतृत्वलाई आर्थिक रुपमा जोड्ने यस प्रकारको प्रयासले निकट भविष्यमा देशमा महिला नेतृत्वको वर्चस्व रहने बताए । एक वर्षको रहेको सम्झौताले दिगो विकास, साना तथा मझौला उद्यमीहरुलाई ऋणको सरल व्यवस्थाका साथै विविध वित्तीय साक्षरतासम्बन्धी तालिम, गोष्ठी तथा छलफलका गतिविधिहरु सञ्चालनको लागि तीनवटै पक्ष सहमत भएका छन् । कार्यक्रममा नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरम, नबिल बैंक लिमिटेड तथा महिला शक्ति विकास केन्द्र नेपालका पदाधिकारीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया