Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक


काठमाडौं, माघ २३
एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेलिरहेको छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दै छन् जसमा कुल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले पहिलो खेल ओमनसंग बुधबार खेलेको छ । नेपाल पहिलो खेलमा ओमनसँग १९ रनले पराजित भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया