Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल आइडलमा इ–सेवाबाट भोटिङ गर्न सकिने

नेपाल आइडलमा इ–सेवाबाट भोटिङ गर्न सकिने


काठमाडौं, माघ २३
गायन रियालिटी शो नेपाल आइडलमा इ–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इ–सेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इ–सेवाको एण्ड्रोइड तथा आइओएस मोबाइल एप्समार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्याह्न १२ बजेसम्म गर्न सकिन्छ ।

नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा, पोखराकै मुसकान रानाभाट, हेटौडाकी मिग्मा लामा, काठमाडोकी मेघा श्रेष्ठ, पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल, चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया