Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन प्रायोजक

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन प्रायोजक


काठमाडौं, माघ २३
कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ) को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ । विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो ।

यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ । संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनी यस प्रतिष्ठित संघको आधिकारिक प्रायोजक भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया