Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा


काठमाडौं । मिदास एजुकेसन प्रालिले एक पृथक् र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल र वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।

बीसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रालाई कम्पनीले समयअनुरुप परिमार्जित गर्दै आएको छ । नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्विज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ । विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभी हेरेजस्तै रमाई रमाई हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् । यसमा भएका क्विज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सही जवाफ दिएबापत पोइन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

कम्पनीका अनुसार विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि मिड्स एक्लस्सबाट शिक्षकहरूसँग भिडिओमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर नहुने कम्पनीको दाबी छ ।

विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’मा स्वमूल्यांकन, मक इक्ज्याम र परिक्षा तयारी कक्षाहरूको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि सञ्चालन गरिन्छ । विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन विभिन्न विद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिट्रेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइने र पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ । अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ले पाठ्यक्रममा आधारित विषयहरू पढ्न र अतिरिक्त क्रियाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।

मिदास एजुकेसन् प्रालिले ‘मिदास इक्लास’का सेवाहरू विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निःशुल्क उपलब्ध गराएको छ । यो सेवा लिनको लागि गुगल प्ले स्टोरमा गएर मिदास इक्लास खोजेर डाउनलोड गर्ने र आफूले चाहेको कक्षा छानेर साइनअप गरी आफूले चाहेको विषय आफैँ वा शिक्षकसँग पढ्न पाइनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया