Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअटो एक्स्पोमा भाग लिन नाडा प्रतिनिधि मण्डल दिल्ली प्रस्थान

अटो एक्स्पोमा भाग लिन नाडा प्रतिनिधि मण्डल दिल्ली प्रस्थान


काठमाडौं, माघ २३
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डल अटो एक्स्पो–द मोटर शोमा भाग लिन दिल्ली प्रस्थान गरेको छ । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेन्ट मेनुफेक्चरर्स एसोसिएसनको निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० सदसिय नाडाको प्रतिनिधिमण्डल बुधबार दिल्ली प्रस्थान गरेको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार फेबु्रअरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फे्रवु्रवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्स्पो–द मोटर शो २०२० शुभारम्भ हुदैछ ।

फेबु्रअरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चरर्सको पहलमा फेबु्रअरी ७ मा दक्षिण एसियाली अटोमोबाइल एसोसिएसनहरुको साउथ एसियन अटोमोटिभ फोरम गठनका लागि सम्झौतामा हस्ताक्षर हुनेछ । उक्त फोरममा भारतलगायत नेपाल बङ्गलादेश, श्रीलंका र म्यान्मार समेतको सहभागिता रहनेछ । फोरमको गठन, दक्षिण एसियाको अटोमोबाइल क्षेत्रको इतिहासमा कोशेढुङ्गा हुने नाडाले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया