Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालयन एअरलाइन्सलाई आईएसओ प्रमाणपत्र

हिमालयन एअरलाइन्सलाई आईएसओ प्रमाणपत्र


काठमाडौं । हिमालय एअरलाइन्स आईएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । एअरलाइन्सले हवाइयात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

एअरलाइन्सलाई आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण उक्त प्रमाणीकरण गर्दै गत डिसेम्बर मै सम्मानित गरिएको थियो । हिमालय एअरलाइन्सले यसपूर्व अर्थात् अगस्ट २०२० मै हवाइजहाज मर्मतसम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ्ग सेवाबापत आईएसओबाट प्रमाणीकरण प्राप्त गरिसकेको थियो । आईएसओ ९००१ः२०१५ विश्वव्यापी रुपमै मान्यताप्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ)द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

आईएसओ ९००१ः२०१५ प्रमाण–पत्र नं. १२००५७/ए/०००१/यूके/ईएन संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस’द्वारा हिमालय एअरलाइन्सलाई प्रदान गरिएको थियो । व्यवस्थापन प्रक्रियाका सूक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परीक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवम् नियामकतासम्बन्धी महत्वपूर्ण सबै मापदण्डअनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको हो ।

हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ्गले हिमालयका लागि आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताए । आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिष्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिबद्धत्ता समेत उनले दोहो¥याए । हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धि भएको बताए । कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्यप्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया