Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिबगालमा सम्पूर्ण सुविधासम्पन्न नयाँ सर्भिसिङ सेन्टर ‘गुसिबगाल मोटर साइकल सर्भिस सेन्टर’ खोलेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिबगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दाबी गरिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिस गर्नसक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको जनाएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु-याउने प्रयास गरिरहेको छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको भन्दै कम्पनीका ग्राहकहरु निरन्तर वृद्धि भइरहेको जानकारी समेत दिए । ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु नै कम्पनीको जिम्मेवारी रहेको उनले बताए । यो नयाँ सर्भिसिङ सेन्टरसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्ने उनको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया