रेडमी नोट ११ नेपालमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेडमी नोट ११ लन्च गरेको छ । उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले रेडमी नोट ११ लन्च गरेको हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने कम्पनीको मूलदर्शनलाई दर्शाएको बताए । स्मार्टफोन इन्डस्ट्रिमा कम्पनीलाई यसले वास्तविक गेम चेन्जर बनाएको उनको भनाइ छ । उनका अनुसार फ्ल्यागशिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फरमेन्स गर्नुको साथै ब्याट्री पनि टिकाउ हुन्छ । फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट ११ मा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, दुई एमपी म्याक्रो क्यामेरा र दुई एमपी डेप्थ क्यामेरासहित आएको छ । यसले उच्च रिजोल्युसनमा खिच्न र सेयर गर्न सजिलो बनाएको छ । यसको ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपीको अल्ट्रा–वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्नुको साथै दुई एमपीको म्याक्रो क्यामराले नजिकको वस्तुहरु राम्रो डिटेलसहित खिच्न सक्छ । साथै यसको अगाडिपट्टि रहेको १३ एमपी पोट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।
१२० हर्जसम्मको उच्च रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेटसहितको रेडमी नोट ११ ले स्मुथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी प्लस एमोलेड डट डिस्प्लेले डीसीआई–वि३ वाइड कलर गामट फिचर गरिएको छ । साथै यसमा भएको फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ । फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरञ्जन लिन सकिन्छ । फ्ल्याग्शिप लेभल ६एनएमसहितको स्न्यापड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नुको साथै ब्याट्री पनि टिकाउ हुन्छ ।
रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ४ जीबी + ६४ जीबी भेरियन्टको २२ हजार नौ सय ९९ रुपैयाँ, चार जीबी + १२८ जीबी भेरियन्टको २४ हजार नौ सय ९९ रुपैयाँ र छ जीबी + १२८जीबी भेरियन्टको २६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया