लस्कर फुड्सको ४ सय ९९ रुपैयाँमा आकर्षक कम्बो अफर
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ । लस्कर फुड्सले चार सय ९९ रुपैयाँ मात्रको कम्बो अफर ल्याएको हो । लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर बजारमा आकर्षक कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर–घरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ ।
प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था छ । साथै लस्कर फुड्सले आफ्नो सेवा समय बिस्तार समेत गरेको छ । लस्कर फुडसले बिहानको ३ बजेसम्म खाना खाजा पु¥याउने सेवासहित आकर्षक उपहार ल्याएको छ । ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना/खाजा मगाउन सकिने, खानाको जानकारी लिन सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- थप ४३ क्यानेडियाली रुसको कालोसूचीमा
- रुसले वैदेशिक ऋणको ब्याज पनि तिर्न सकेन
- जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
- महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण
- अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इ–सेवाको विशेष अफर
- कार्यसम्पादन सम्झौताको प्रभावकारिता
- आन्तरिक ऋणको सीमा र आगामी आर्थिक वर्षको बजेट
- निवर्तमान मन्त्रीहरूले देखाएका रमिता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया