Techie IT
×
गृहपृष्ठकर्पोरेटन्युरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

न्युरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन


काठमाडौं । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । ‘शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्युरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो ।

करिब १० वर्षअगाडि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो । चितवनको भरतपुरस्थित सीजी ल्याण्डमार्क र नारायणगढको मिलनरोडमार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहकलाई मध्यनजर गर्दै न्युरोडमा तेस्रो शाखा सञ्चालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए । उनी भन्छन्, ‘बाग्लुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन् ।

आफ्नो क्षेत्रका ग्राहकहरुको माग पूरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो ।’ उक्त पसल १० करोडको लगानीमा सञ्चालनमा आएको सुनार बताउँछन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया