Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान


सिन्धुली । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर १४ कुकुरठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । नगरपालिका र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन उक्त एम्बुलेन्स प्रदान गरिएको हो ।

दुधौली नगरपालिकाले सोमबार आयोजना गरेको एक कार्यक्रममा प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताए ।

साथै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । नगरपालिकाका प्रमुख राउतले एम्बुलेन्स ग्रहण गरी दुधौली नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी जिम्मा लगाएका थिए । मेयर राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भए पनि विकट वडा नम्बर १४ प्रालिले सहयोग गरेकोमा धन्यवाद दिए । सिमेन्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ ।

मारुती सिमेण्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन गरिरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ । वडाध्यक्ष थापा मगरले कम्पनीले पूर्वाधार विकास, विद्युत्लगायत तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिने समेत गरिरहेको जानकारी दिए । हाल ३० स्थानीयले गाउँमै प्रालिबाट रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले बताए ।

एम्बुलेन्सका लागि आवश्यक ईसीजी मोनिटर र अक्सिजन सिलिण्डरलगायतका एक लाख बढीको सहयोग कम्पनीले पुनः थप गर्ने कम्पनीका सञ्चालक राउतले प्रतिबद्धता जनाएका थिए । नेपाल सरकारबाट राजस्व छुटमा ल्याइएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा १४ का अलावा आसपासका स्थानीयले सेवा लिन पाउने भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया