जिप -यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर
काठमाडौं । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप -यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक -यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन–एअर फ्रिडम’ रहेको छ ।
एमएडब्लु लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’मा ‘टु डोर’ र ‘फोर डोर’ रुबिकन र ‘फोर डोर’ सहारा -यांग्लर उपलब्ध गराउँदै आएको थियो । एमएडब्लु लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो । यसमा ३६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ, जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ । यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ ।
यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर’ गर्छ । भी६ इन्जिनलाई ‘लो–एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’का लागि आवश्यक छ । यस्तै ग्लेडियटरको ‘टोविङ’ क्षमता दुई हजार सात सय २१ केजी रहेको छ । जिप ग्लेडियटरलाई ‘क्यापाबल कार्गो क्यारियर’बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेहिकल’मा सजिलैसँग परिणत गर्न सकिन्छ । जिप -यांगलर ‘फोर डोर’को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्विलबेस ४९२ एमएम लामो रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८.४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ । जिप -यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ, जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभूत गर्छ । ग्लेडियटरमा लामो ह्विलबेसको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ–लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ ।
‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ, जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ । सुरक्षाका लागि यसमा ७० भन्दा बढी ‘एक्टिभ’ र ‘पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् ।
साथै, ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, ‘फ्रन्ट एन्ड रियर पार्क असिस्ट’, ‘इलेक्ट्रोनिक रोल मिटिगेसन’सहितको ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ जस्ता सुरक्षा फिचर छन् । ग्लेडियटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया