सांग्रिला मोटर्सले न्यू जीएसी टी ८ नेपालमा सार्वजनिक गर्ने
काठमाडौं । सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा अल न्यू जीएसी टी८ पिक अप ट्रकको बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको मूल्य नेपालमा ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
यो कम्पनी गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसनले विगत आठ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो । यस कम्पनीले सार्वजनिक गरेको जीएसी टी८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ । जर्मनीको एफईभीसँग मिलेर बनाइएको २.० लि. टर्बो डिजेल इन्जिनले १३७ हर्सपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।
नेपालमा सार्वजनिक भएको न्यू जीएसी टी८ आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाहरुले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । यो जीएसी मोर्टसको आठौं पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ । टी८ लाइनअपमा ४×४ को डबल–क्याब रहेको छ, जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ । टी८ ४×४ मा वर्गवार्नरको ईएसओएफ इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेको छ । यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैलीअनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ । यस्तै यसमा रहेको २.० लिटर टर्बो–डिजेल इन्जिन जर्मन कम्पनी एफईभीसँगको सहकार्यमा विकास गरिएको हो । भर्खरै इन्जिनियरिङ गरिएको र अधिक रेस्पोन्सिभ कमन–रेल टर्बो–डिजेल इन्जिनमा इन्टरकुलर र इलेक्ट्रिकल भेरिएबल जियोमेट्री टर्बोचार्जरको सुविधा रहेको छ । साथै, यो ६–स्पिड एम÷टीसहित उपलब्ध छ ।
टी८ को अगाडि हेक्सागनल एयर इनटेक ग्रिल, डेटाइम रनिङ लाइट्स भएको स्टाइलिस हेडल्याम्प र अगाडिको बम्परमा फग ल्याम्प रहेको छ । साथै, यसमा बोल्ड ब्ल्याक ह्वील आर्कहरु, २६५÷६० आर १८ टायर भएको आकर्षक दुई–टोनको १८ इन्च अलोइ ह्विल्स र साइड स्टेप बोर्डहरु छन् । यसबाहेक, विशेष ‘डबल सी’ लिड टेल–लाइटले डिजाइनमा सुन्दरता थप्छ । साथै यसमा मल्टी–फंक्सन स्टेयरिङ ह्विल, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङसँगै अटो डोर लक र कम्प्युटर÷मल्टी—इन्फरमेसन डिस्प्ले जस्ता विलासी आन्तरिक सुविधाहरु छन् । यसमा ब्लुटुथसहितको सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट पनि छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया