Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’


काठमाडौं, माघ २४
नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र एक सय रुपैयाँ (करसहित १ सय २७ रुपैयाँ ६९ पैसा) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

यो भ्यालेन्टाइन अफर शुक्रबारदेखि तीन महिनासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले करसहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि सात दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार प्याक सुचारु गर्न सक्छन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु-याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु-याउने विश्वास एनसेलले लिएको बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया