Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभ्यालेन्टाइन दिवसको अवसरमा रेडमी के२० प्रोमा छुट

भ्यालेन्टाइन दिवसको अवसरमा रेडमी के२० प्रोमा छुट


काठमाडौं, माघ २४
शाओमी भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागशिप किलर स्मार्टफोन रेडमी के२० प्रोमा तीन हजार रुपैयाँको भारी छुटको घोषणा गरेको छ । रेडमी के२० प्रोको अब ४६ हजार नौ सय ९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागि आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन कम्पनीले रेडमी के २० प्रोको मूल्य घटाएको हो । यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कममा उपलब्ध हुनेछ । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरीसम्म यस अवसरको लाभ लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया