Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसस्तो र सुविधायुक्त रियलमीका स्मार्टफोन

सस्तो र सुविधायुक्त रियलमीका स्मार्टफोन


काठमाडौं । रियलमीले विश्वबजारमा उत्कृष्ट स्मार्टफोनहरु प्रस्तुत गर्दै आएको छ । कम्पनीले निर्माण गरेका स्मार्टफोनहरु सबै प्रकारका ग्राहकहरुको लागि उपयुक्त छन् । रियलमीका मोबाइल किन्नलागेका ग्राहकलाई कम्पनीले दराजजस्ता अनलाइन बिक्रेताहरुमा समेत उपलब्ध गराउँदै आएको छ । दराजलगायतका अनलाइनहरुले सजिलो ईएमआई सेवाहरु पनि प्रदान गर्दै आएका छन् । साथै पुरानै तरिकाले डिलरकोमा गएर पनि कम्पनीका फोनहरु खरिद गर्न सकिन्छ ।

व्यक्तिपिच्छे स्मार्टफोनको प्राथमिकता फरक होला र कुनै एक फोन सबैका लागि उपयुक्त पनि नहुन सक्छ । रमाइलो के छ भने बजारमा देखिने सबै स्मार्टफोनहरुले एकैखाले काम गर्दछ भन्ने भान हुन्छ । तपाईंलाई कुन फोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला । यहाँ तपाईंको आवश्यकता पूरा गर्न सक्ने विभिन्न मूल्यसूचीसहित केही स्मार्टफोनहरुबारे लेखेका छौँ ।

नार्जो ५० आई– इन्ट्री लेभल : यो सूचीको पहिलो स्थानमा रहेको छ, नार्जो ५० आई । राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहेअनुसारको फाइदा उठाउन सकिन्छ । मात्र १२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको यो स्मार्टफोनमा दुई जीबी -याम र ३२ जीबी स्टोरेज रहेको छ । साथै यो फोन चार जीबी -याम र ६३ जीबी स्टोरेजमा पनि उपलब्ध छ । यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । तपाईंको जानकारीका लागि, यहाँ उल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ छ ।

Open photo

आफ्नो सेग्मेन्टमा अरुभन्दा फरक र आकर्षक डिजाइनले नै नार्जो ५० आईलाई उत्कृष्ट साबित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ । यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ । नार्जोले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाईंले पबजीजस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ ।

रियलमी नाइन आई – मिडरेन्ज : गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिकटक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागि उपयुक्त छ । यो फोन भ्यालेन्टाइन्स डेअगाडि नै आउँदै छ । यसको मूल्य २६ हजारको हाराहारीमै हुने बताइएको छ । नार्जो ५० आई राम्रो फोन भए पनि मिडरेन्जसँग तुलना गर्न मिल्दैन । रियलमी नाइन आईमा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर छ । यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ । यसले फास्ट चार्जिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्रीदेखि शतप्रतिशत ब्याट्री चार्ज हुन जम्मा एक घण्टा भए पुग्ने बताइएको छ ।

Open photo

साथै यस फोनको ५० एमपी एआई सेन्सर क्यामेराले दिउँसो अथवा राति पनि एचडी फोटोहरु खिच्छ । २ एमपी डेफ्थ सेन्सर र २ एमपी मार्को लेन्स पनि यस फोनमा उपलब्ध छ । फोटोग्राफी मन पराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्बिरहरु खिच्न मद्दत गर्दछ ।

रियलमी जिटी नियो २ : यो एक विशेष फोन हो । यस लिस्टको अन्तिम फोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो । १२० हर्ज एमोलेड डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसरसहितको यो फोन अरु महँगो फोनहरुसँग सजिलै प्रतिस्पर्धा गर्नसक्छ । छ सय हर्जसँगै एचडीआर१० सपोर्ट गर्ने एमोलेड डिस्प्लेको साथ तपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ ।

यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, आठ लेयरको चार्जिङ सुविधा समेत उपलब्ध छ । साथै जिरो ब्याट्रीदेखि शतप्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा पाँच मिनेट चार्ज गर्दा सुपर डार्ट चार्जिङको मद्दतले २० प्रतिशत ब्याट्री चार्ज हुन्छ । यस फोनलाई अझ परिष्कृत बनाउँछ, यसमा रहेको स्नापड्रागन एन ८७० एसओसीले । साथै, यस फोनले फाईभजी पनि सपोर्ट गर्छ । यसैगरी, ठूलो स्टेनलेस स्टिल भापर चाम्बरले फोनलाई तात्नबाट जोगाउँछ । साथै यस फोनमा अरु दुई विशेष सुविधाहरु छन् ।

Open photo

पहिलो, जीटी निओ टुको डिजाइन आकर्षक छ । यो फोन नियो ग्रिन कलरमा उपलब्ध छ । अरु रंग विकल्पहरुमा र नियो ब्ल्याक र नियो ब्लु कलरमा पनि यो फोन पाइन्छ । दोस्रो यसको क्यामेराहरु हो । प्रमुख सेन्सर ६४ एमपीको छ । यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ । यसमा थुप्रै सुविधाहरु रहेको छ । कोही पनि यस फोनको नयाँ प्रयोगकर्ताहरु घण्टौंसम्म क्यामेरा एपमै झुण्डिरहने कम्पनीको दाबी छ । रियलमी जिटी नियो टु ८/१२८ जीबीको मूल्य बजारमा ५४ हजार एक सय ९९ रुपैयाँ र १२/२५६ को मूल्य ६० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया