अमेरिकाको नयाँँ नीतिको स्टडी ग्रुपद्वारा समर्थन
काठमाडौं । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुपले स्वागत गरेको छ ।
अध्ययनपश्चात् अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु घोषणा गरेको छ, जसले विद्यार्थीको अध्ययनपछिको रोजगारी र अमेरिकाको बसाइलाई सजिलो बनाउनेछ । ती योजनाहरुअनुसार स्टिम अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपीटी) कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषयहरु थपिएका छन् । एफ–१ भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उक्त विषयहरुमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्न सक्षम बनाउन र अध्ययनपश्चात् कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन् । यसबाहेक, अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्यूरो (ईसीए)ले आप्रवासी–आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकहरूलाई सुविधा दिनेछ । साथै जे–१ स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई ३६ महिनासम्म स्टिम क्षेत्रहरूमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ ।
यसैबीच, विज्ञान, व्यवसाय, शिक्षा, वा एथलेटिक्सको क्षेत्रमा अभूतपूर्व कौशलता प्रदर्शन गर्ने व्यक्तिहरूलाई ओ–१ ए नन–इम्मिग्रेन्ट स्टेटस पनि उपलब्ध हुनेछ । स्टडी ग्रुपका युनिभर्सिटी पार्ट्नरशिपको कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनले विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विधाका विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न अमेरिकी सरकारले पेश गरेको नयाँ योजनाहरूलाई स्वागत गरेको बताए ।
यस योजनाले संयुक्त राज्य अमेरिकामा स्टिम विधामा डिग्री–स्तरका कार्यक्रमहरू अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वस्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्नसक्ने उनको भनाइ छ । स्टडी ग्रुप एक अन्तर्राष्ट्रिय शिक्षा प्रदायक हो, जसले विविध प्रतिभा र पृष्ठभूमि भएका युवाहरूलाई उपयुक्त हुने पाँच सयभन्दा बढी शिक्षण कार्यक्रमहरू प्रदान गर्दछ । यसको बेलायत र युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयहरूसँग काम गरेको आफ्नो अनुभवले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाजगत्मा आफ्नो पहिचान बनाउन मद्दत गर्दछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया