काठमाडौं । अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ घोषणा गरेको छ । यो अभियान शुक्रबारबाट सुरु हुने कम्पनीले जनाएको छ । यस अभियानका मुख्य आकर्षणहरु ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम सात सय ५० रुपैयाँ)सम्मको छुट, पाँच हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको सामान केवल एक रुपैयाँमा जित्ने मौका रहेको छ । यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एक जना विजेताले एक लाख २२ हजार मूल्यको श्रीबालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन् ।
अभियानको मुख्य सन्देशलाई थप फैलाउने प्रयासमा दराजले नेपालका प्रमुख प्रभावशाली व्यक्तिहरूसँग हात मिलाएर सञ्चारको एउटा महत्वपूर्ण सञ्जाल गठन गरेको छ । त्यसैगरी, विज्ञापन, सामाजिक सञ्जाल, प्रभावकारिता, ब्लगर/भ्लगर, आउट अफ होम ब्रान्डिङ, ब्रान्ड पार्टनर, भुक्तानी साझेदार र प्रवर्द्धन साझेदारहरू समावेश गर्दै अभियानको प्रचार पनि नेपालभर विस्तार गरेको कम्पनीले जनाएको छ ।
अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमी, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कडेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्नेबारे निश्चित नभएका ग्राहकहरूले ‘ह्यान्ड पिक्ड गिफ्ट्स’मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन् । यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरूमार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ । यस्तै मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्डमार्फत १५ प्रतिशत र डेबिट कार्डमार्फत १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको माध्यमबाट ग्राहकहरुले एक रुपैयाँमा साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोनमध्ये कुनै एक पुरस्कार जित्नको लागि भाग लिन सक्नेछन् । भाग लिनको लागि ग्राहकहरुले अनलाइन प्रिपेमेन्टको मध्यमबाट एक रुपैयाँ प्रिपे गर्नुपर्नेछ । यदि नजितेमा उक्त रकम फिर्ता हुने कम्पनीले जनाएको छ । दराज प्रयोगकर्ताहरुलाई सेलमा भव्य मनोरञ्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व माल्भिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटीहरू साथ दराजले आइतबार दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।
कम्पनीका अनुसार सेलिब्रेट लभ दराजका अन्य क्याम्पेनहरूभन्दा अलि फरक छ । यो एक अभियान मात्र नभई परिवार, साथीहरू, प्रियजनहरू र प्रिय ठानेका चिजहरूसँग बाँड्ने प्रेमको कदर गर्न सबैको लागि यो एउटा नम्र अनुस्मारक भएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया