Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगेटवाल मोटर्स ‘ओरा गुड क्याट’को ‘रोड टेस्ट’

गेटवाल मोटर्स ‘ओरा गुड क्याट’को ‘रोड टेस्ट’


काठमाडौं । ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सह्राहनीय प्रदर्शन गरेको कम्पनीले जनाएको छ । ओरालो–उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ । जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाव र विना चालकको सिटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गराएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफूतर्फ तान्यो । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वाल मोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ । लामो ड्राइभिङ अनुभवपछि विश्वसनीयता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट साबित गरेको छ । यो आफ्नो फेसनेबल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडीप्रति जिज्ञासु बनाउन सफल भएको छ । यस गाडीले सहरमा ड्राइभिङ गर्दा सहज प्रणालीमार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकताअनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ । ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरुसहित हाम्रा विश्वव्यापी टोलीहरुद्वारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकीकृत गर्दछ ।

ग्रेट वाल मोटर थाइल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि छ हजारभन्दा बढी अर्डरहरु प्राप्त ग-यो । त्यसकारण कम्पनीले ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकताअनुसारको हुने विश्वास राखेको जनाएको छ । ओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै नेपाली इलेक्ट्रिक भेहिकल इन्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेछ । यसका साथै, ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओराअन्तर्गत थप दुई इलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ ।

ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र बृहत् सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । विश्वव्यापी बजारअनुसार ग्रेट वाल मोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारीसाधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८० प्रतिशतभन्दा बढी हिस्सा नयाँ ऊर्जाका सवारीसाधनहरुको हुने अपेक्षा राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया