बजाजले खोल्यो टोखा र ग्रिनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले टोखा र ग्रिनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर स्थापना गरेको छ ।
हंसराज हुलासचन्द एन्ड कम्पनीअन्तर गत विगत १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको ब्रदर अटो प्रालिले सम्पूर्ण सुविधासम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रिनल्याण्डमा सञ्चालनमा ल्याएको हो । नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रिनल्याण्डमा आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । यहाँ मोटरसाइकल सर्भिसिङमा १५ वर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सञ्चालक दिलिप आचार्यले बताए ।
यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरे । एक दिनमा २० वटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्नसक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालयको पनि सुविधा छ । नयाँ आउटलेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस तथा एक्सेसरिजका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ । टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्स अटोका सञ्चालक विनोद चौलागाईंल टोखा आउटलेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उनीहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी रहेको बताए । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा कम्पनी सकारात्मक रहेको उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया