फाइभजी सेवा तत्काल परीक्षण गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमलाई फाइभजी सेवा तत्काल परीक्षण गर्न निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको बताउँदै त्यसको तत्काल परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएका हुन् ।
यस्तै उनले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए । देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पु-याई आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पु-याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने उनको भनाइ थियो ।
कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहे पनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उनले यसतर्फ विशेष ध्यान पु-याउन पनि आग्रह गरे । कोभिड १९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पु-याएको योगदानको उनले प्रशंसा गरेका थिए । सोही कार्यक्रममा उनले भर्चुअल माध्यमबाटै कम्पनीको अठारौँ वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ समेत गरेका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजस्वमा समेत वृद्धि हुनुपर्नेतर्फ टेलिकमलाई सचेत गराए । उनले भने, ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुप¥यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकून् ।’ उनले कम्पनीका सेवा मुलुकभर विस्तार गर्न बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने समेत बताए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्राहकको चाहनाबमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए । उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे ।
नेपाल टेलिकमका निमित्त प्रबन्धनिर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक सुरुवात गरेको जानकारी दिइन् । साथै उनले वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सोअन्तर्गत जम्मा दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा छ जीबी डाटा तीन दिनसम्म र ६९ रुपैयाँमा हरेक दिन एक एमबीपीएस डाटा प्रयोग गर्न सकिने सेवा उपलब्ध गराएको बताइन् । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्तै कम्पनीले वार्षिकोत्सवको दिन शनिबार २४ घण्टाका लागि कम्पनीको नेटवर्कभित्र भीओएलटीई कल निःशुल्क उपलब्ध गराएको थियो ।
यस्तै वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तीमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघलगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने वैद्यले बताइन् । यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक वितरण गर्ने घोषणा गरिएको थियो । कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया