Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभ्यालेन्टाइन्स डेमा भिभोको ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’

भ्यालेन्टाइन्स डेमा भिभोको ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’


काठमाडौं । प्रविधि ब्राण्ड भिभोले प्रेम, खुसी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्टअन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु सेयर गर्ने अवसर प्रदान गरेको छ । भिभोले प्रयोगकर्ताहरुलाई आइतबारदेखि सुरु भएको कन्टेस्टमा सहभागी हुन आग्रह गरेको छ ।

साथै फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेर आफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न पनि कम्पनीले सबै सामाजिक सञ्जालमार्फत प्रेरित गरिरहेको छ । यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउने गरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ । भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमिल व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि भएको कम्पनीको भनाइ छ ।

यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर सेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने आठ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ । सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, सेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँबराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पिकर प्रदान गर्ने गरी उत्कृष्ट पाँच विजेताहरु चयन गर्नेछ । अत्यधिक फ्यान बेस भएका चर्चित नेपाली नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन् ।

यो कन्टेस्टमा सहभागी हुनका लागि फोटोग्राफीका सौखिनहरुले परिवार, साथीभाइ, घरपालुवा, स्थान, स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्यासट्याग भिभोटाइनडे भिभोमोमन्ट्स तथा भिभोनेपाल लेख्नुपर्नेछ । अर्को प्रचारात्मक अफरमा भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा दुई हजार रुपैयाँको उत्साहजनक डिस्काउन्ट भाउचर उपलब्ध गराउनेछ, जसलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ । उक्त डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ । ५० जना भाग्यशाली विजेताले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३ सय ०० भाग्यशाली विजेताले लक्की ड्रमार्फत स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन् । यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ ।

कन्टेस्ट घोषणा भिभोको आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा व्यक्तिगत रुपमा भियो स्मार्टफोन युजरहरुलाई सेयर गरिने कम्पनीले जनाएको छ । उनीहरुलाई फोटो खिचेर आफ्ना फेसबुक टाइमलाइनमा भिभोको वाटरमार्कसहित क्लिक र सेयर गर्न साथै आफ्ना पोस्टका लिंक भिभोको आधिकारिक पेजमा रहेको कन्टेस्ट घोषणाको पोस्टरको मुनिपट्टिको कमेन्ट सेक्सनमा सेयर गर्न आग्रह गरिनेछ । सहभागीहरुले फोटोको व्याख्या तथा महत्वमा क्याप्सन पनि अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ भने आफ्ना पोस्टमा भिभो नेपाललाई पनि ट्याग गर्नुपर्नेछ । कन्टेस्टका लागि योग्य हुन सहभागीहरुले भिभो नेपाललाई फलो गर्नुपर्नेछ भने भिभोका वाई, भी तथा एस सिरिजका फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ । यो घोषणाको नतिजा तथा विजेता फेब्रुअरी १५ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया