Techie IT
×
गृहपृष्ठकर्पोरेटजावा मोटरसाइकलको बीएस–६ ५ वर्षसम्म फ्रि सर्भिसिङ

जावा मोटरसाइकलको बीएस–६ ५ वर्षसम्म फ्रि सर्भिसिङ


काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा र पेराकको बीएस–सिक्स मोडलहरुमा पाँच वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाइकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकलप्रेमीहरुले निकै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित शोरुमहरुमार्फत पाइने फ्रि लेबर चार्ज सुविधाले ग्राहकहरुलाई थप सहजताको प्रत्याभूति गराउने विश्वास पनि गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया