Techie IT
×
गृहपृष्ठकर्पोरेटडिशहोम नेटले मेगा–फाई इन्टरनेट प्रदान गर्ने

डिशहोम नेटले मेगा–फाई इन्टरनेट प्रदान गर्ने


काठमाडौं । डिशहोम फाइबरनेटले मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाईस्पिड इन्टरनेट प्रयोगकर्ताहरूका लागि दुईवटा प्याकेज ल्याएको जनाएको छ । कम्पनीले तीन सय र छ सय एमबीपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमै पहिलोपटक नयाँ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाइस्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ । डिशहोमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा चार गुणा बढी स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुई ब्याण्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषताहरु वाइफाई ६ राउटरमा छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया