हिमपातपछि खुम्बुमा टेलिकमको नेटवर्कमा समस्या
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा केही दिनयता नेपाल टेलिकमको नेटवर्क स्थिर नहुँदा समस्या भएको छ । पछिल्लो एक सातादेखि नेटवर्क आउने जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।
खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बर अवरुद्ध भइरहँदा कार्यालयको सेवा प्रभावित हुनेदेखि आफन्तहरुसँग कुराकानी गर्न समेत समस्या भएको स्थानीय अमृत मगरले बताए । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत अवरुद्ध हुने भएकाले कार्यालयको काम नै बारम्बार प्रभावित हुने गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयको अधिकांश कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट अवरुद्ध हुनेबित्तिकै विमानस्थल नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताए । उनल भने, ‘हाम्रो टावरको त सबै काम इन्टरनेटमा निर्भर हुन्छ, यहाँ इन्टरनेट जानेबित्तिकै सबै सिस्टम नै डामाडोल हुन्छ, यहाँ हामीले प्रयोग गर्ने एक मात्र इन्टरनेट भनेकै टेलिकमको एडीएसएल हो तर भरपर्दो नहुँदा साह्रै समस्या छ ।’
सोलुखुम्बुको क्याम्जे टावरको अटो ब्याकअपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए । त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केही दिनयता क्याम्जे टावरमा जान नसकेको कारण ब्याकअप सुचारु गर्न नसकेको उनको भनाइ छ । समस्या समाधानका लागि आफूले टेलिकम शाखा सल्लेरीलाई निर्देशन दिइसकेकाले समस्या पूर्ण रुपमा समाधान हुने प्रमुख पन्थीले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया