Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा मोटर्सको टीभीएस स्कुटरमा नयाँ योजना

जगदम्बा मोटर्सको टीभीएस स्कुटरमा नयाँ योजना


काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा छ हजार रुपैयाँसम्मको सियोरसुट नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ । योजनाअन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागू हुनेछ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्रीवितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया