Techie IT
×
गृहपृष्ठकर्पोरेटपठाओले सुरु ग-यो इन्स्योरेन्स हेल्प–लाइन

पठाओले सुरु ग-यो इन्स्योरेन्स हेल्प–लाइन


काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले बीमासम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले ‘पठाओ इन्स्योरेन्स हेल्पलाइन’ सुरु गरेको छ ।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१–५९७००९९ मा फोन गरी एक्सटेन्सन ४ थिचेपछि विभागीय विशेषज्ञले आवश्यक परामर्श दिनेछन् ।

नेपालमै पहिलोपटक ’राइड सेयरिङ बीमा’ सुरु गरेको पठाओले दुर्घटना उपचार बीमा एक लाखसम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाखसम्मको बीमा उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया