Techie IT
×
गृहपृष्ठकर्पोरेटटेलिकमको भ्यालेन्टाइन डे अफर

टेलिकमको भ्यालेन्टाइन डे अफर


काठमाडौं । नेपाल टेलिकमले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आइतबार र सोमबार उपलब्ध हुने कम्पनीले जनाएको छ । सो अफरअन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।

स्टार१४१५स्टार११ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा पाँच सय १२ एमबी डाटा र पाँँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक हजार २४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया