जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आबद्ध
काठमाडौं । उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको प्रदेश नं २ को जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग आबद्ध भएको छ । माह्सा विश्वविद्यालय र जानकी मेडिकल कलेजबीच मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदानप्रदानलगायतका कुराहरूमा सहकार्य गर्ने सम्झौता भएको छ ।
जानकी मेडिकल कलेजका विभागीय प्रमुख प्रा. राम प्रसाद उप्रेती यो सहकार्यले स्वास्थ्य क्षेत्रलाई मात्र नभई दुई राष्ट्रको सम्बन्धलाई पनि सुदृढ बनाउनेमा विश्वस्त छन् । आगामी दिनहरूमा यसरी नै अन्य विश्वस्तरीय संस्थाहरूसँग सहकार्य गरेर जनाकी मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल शिक्षण संस्था र अस्पताल बनाउने योजना भएको उप्रेतीले बताए ।
सन् २००४ मा प्राध्यापक तानश्री डा. मोहम्मद हन्निफाले स्थापना गरेको माह्सा विश्वविद्यालय दक्षिण एसियाली मुलुकहरूमा उच्चस्तरीय शैक्षिक व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको संस्था हो । मेडिसिन, बायोसाइन्स, दन्त चिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्य व्यवस्थापन, सूचना प्रविधि जस्ता विषयगत क्षेत्रहरूमा उच्च शिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आबद्ध भएर जानकी मेडिकल कलेजले आफ्नो विद्यार्थीहरूलाई अनुसन्धान अनि अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको छ ।
माह्सा विश्वविद्यालयसँगको संयुक्त प्रेस विज्ञप्तिमा जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग आबद्ध हुँदाको सकारात्मक पक्षहरूलाई व्याख्या गर्दै खुसी व्यक्त गरेको छ । जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आउँदा दिनहरूमा दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको संस्था हो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया