रियलमी नाइन आई स्मार्टफोन नेपाली बजारमा आउने
काठमाडौं । रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी नाइन आई स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्ने भएको छ । यो स्मार्टफोन सन् २०२२ मा सार्वजनिक हुने रियलमी नाइन सिरिजको पहिलो फोन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नाइन आईमा भएको स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६ एनएम उत्पादन प्रक्रिया अपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोरटेक्स–ए ७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोरटेक्स–ए५३, एडरेनो ६१० जीपीयूसहितको ओक्टाकोर सीपीयू अपनाएको छ । लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा, यसमा एसडीएम ६८० मा सीपीयू प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५ प्रतिशतले वृद्धि दिन्छ ।
यसैगरी जीपीयूको प्रदर्शन, उच्च फ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १० प्रतिशतले वृद्धि हुनेछ । एआई प्रदर्शन, क्वाल्कमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५ प्रतिशतले वृद्धि हुनेछ । यस्तै छ एनएम प्रोसेसरले १२ एनएम प्रोसेसर भन्दा ६२ प्रतिशत कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६ प्रतिशतको बढत ल्याउँछ । यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ । छ एनएम प्रोसेसरले ल्याएको कम पावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ । आठ आईको पाँँच हजार मेगाहर्ज क्षमताको तुलनामा नाइन आईको ब्याट्री लाइफ ४६ प्रतिशतले सुधार भएको कम्पनीले जनाएको छ ।
स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयू–एडरेनो ६१० जीपीयू आउँछ र ९० हर्ज उच्च रिफ्रेस रेट स्क्रिन प्रविधिलाई पनि समर्थन गर्दछ । यस्तै यसमा भएको उच्च भोल्टेज र कम करेन्ट चार्जिङ प्रविधिले छिटो चार्जिङको सुविधा दिन्छ जसकारण फोनलाई ७० मिनेटमा शतप्रतिशत चार्ज गर्न सकिन्छ । रियलमी नाईन आई डार्ट चार्जमा पाँच–कोर चार्जिङको सुरक्षा छ, जसमा ओभरचार्ज प्रोटेक्सन, ओभर–भोल्टेज प्रोटेक्सन, ओपर टेम्परेचर प्रोटेक्सन र एक्स्ट्रिम केस प्रोटेक्सन समावेस छ । यसले चार्जिङ प्रक्रियाको प्रत्येक चरणलाई कडाइका साथ निगरानी गर्न सक्दछ । यसमा भएको पाँच हजार मेगाहर्ज ब्याट्रीले ४८.४ घण्टा फोन कल, ९९५ घण्टा स्ट्यान्डबाइ, २०.७ घण्टा ह्वाट्सएप, ११६.३ घण्टा संगीत सुन्न सकिन्छ । रियलमी नाइन आईले सहज अनुभवको लागि पाँच स्तरको रिफ्रेस दरलाई समर्थन गरेको छ । यस्तै ९०.८ प्रतिशत स्क्रिन–टु–बडी फुल–स्क्रिन ४८० निट्सबाट एक निटमा जान सक्छ ता कि रातमा पनि तपाईं आफ्नो फोन प्रयोग गर्दा आँखालाई गाह्रो नपरोस् ।
रियलमीले फोनमा मेमोरीको कमीले गर्दा हुने कमजोरीहरुलाई समाधान गर्न ड्राई प्रविधिको विकास गरेको छ । जसले रोमलाई ¥याम विस्तार गर्न भर्चुअल -याममा रुपान्तरण गर्छ । यसमा छ जीबी -याममा पाँच जीबी थपेर ११ जीबी बनाउन सकिन्छ । रियलमी नाइन आईले १२८ जीबी स्टोरेज र एक टीबी एक्स्टर्नल मेमोरी समर्थन गर्ने कम्पनीको भनाई छ । यसैगरी रियलमी नाइन आईले ५–एक्सिस सीएनसी मसिनिङ अपनाउँछ । प्रत्येक मसिनिङले ९६ एच लिन्छ, जुन असमान किनारा र कोण प्रशोधनको आकर्षक डिजाइन हो । बारम्बार प्रशोधनपछि यसको बनावटले उच्च गुणस्तर उपस्थितिसँग सुसज्जित हुन्छ । यो स्मार्टफोन दुई आकर्षक रंगहरुमा प्रिज्म ब्लु र प्रिज्म ब्ल्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया