Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा ए१६ अन्तर्गत नयाँ भेरियन्ट सार्वजनिक

ओप्पोद्वारा ए१६ अन्तर्गत नयाँ भेरियन्ट सार्वजनिक


काठमाडौं । स्मार्टफोन निर्माता ओप्पोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिजको ए१६ लाई ४जीबी+६४जीबीको नयाँ भेरियन्टमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइनमा उच्च कार्यप्रदर्शनी क्षमतासहितको फोन उपलब्ध गराउने उद्देश्यअनुरुप कम्पनीले ओप्पो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मन पराउने युवालक्षित गरी बनाइएको जनाएको छ ।

लामो समयसम्म टिक्ने पाँच हजार एमएएच ब्याट्री सुसज्जित ओप्पो ए१६मा आनन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै, सहजताका साथ गुणस्तरीय तस्बिर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ ।

ओप्पो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनका अनुसार स्टाइल र कार्यक्षमताको कुरा गर्दा ओप्पो ए१६मा कुनै सम्झौता गरिएको छैन । ट्रेण्डी डिजाइनसहितको यो फोनमा सक्रिय अवस्थामा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्चकोटीको ट्रिपल क्यामेरा पनि दिइएको छ । यसमा प्रयोग गरिएको पाँच हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सकिने चिन्ताविना आफ्नो दैनिकीका मज्जा लिन सघाउँछ । क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओप्पो ए१६मा उपभोक्ताका गोपनीयताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निसन सुविधा पनि दिइएको छ ।

ओप्पो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्बिर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकून् भन्नेतिर विशेष ध्यान दिएको छ । यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरा पनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमतासहितको फ्रण्ट क्यामेरा पनि दिइएको छ ।

यस्तै ओप्पो ए१६ले प्रयोगकर्तालाई पाँच हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमता पनि उपलब्ध गराएको छ । यसका प्रयोग गरिएको ऊर्जा खपत न्यूनीकरणमा सघाउन प्रशस्त फिचर्ससहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्तारहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई शतप्रतिशत चार्ज गरिसकेपछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा युट्युब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्बिर, भिडियोलगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकून् भन्ने सोचका साथ ए१६को यस नयाँ भेरियन्टमा ४जीबी -याम र ६४ जीबी रोमको व्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबीसम्मको एसडी कार्डमार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध छ । नेपाली बजारमा ओप्पो ए१६को नयाँ ४जीबी+६४जीबी भेरियण्ट माघ महिनाको २६ गतेदेखि नै उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । यसको मूल्य २२ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । यो फोन नेपालभर रहेका ओप्पोका प्रमुख बिक्रीकेन्द्रहरुमार्फत सहजै खरिद गर्नसकिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया