Techie IT
×
गृहपृष्ठकर्पोरेट‘खल्ती’बाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी सुविधा सुरु

‘खल्ती’बाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी सुविधा सुरु


काठमाडौं । ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो ।

‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गरी रिबेट÷छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौँदेखि पर्खिआएको र यस सेवालाई डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित भएको बताए । ‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नुपर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया