Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै


काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भइसकेको छ । दुई महिनाको छोटो अवधिमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षण गर्न एल्सभिन सफल भएको छ ।

नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधिमै पाँच जना ग्राहकहरुलाई एल्सभिन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको एल्सभिन आरामदायी र आफ्नो विविध विशेषताहरुले ग्राहकहरुलाई प्रभावित पार्न सफल भएको बताइएको छ ।

एल्सभिन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको सम्मिश्रण हो । एल्सभिनमा १.५ लिटर ब्लु कोर इन्जिन, फाइभ स्पिड म्यानुयल ट्रान्स्मिसन र १३७० सीसीको इन्जिन छ । ब्लुकोर इन्जिनले ९९ बीएचपी र १३५ एनएम प्रदान गर्दछ जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ । ग्राहकहरुले यसमा रहेको सात इन्चको टच स्क्रिनको सजिलैसँग विविध प्रयोग गर्न सक्नेछन् ।

एल्सभिनको (एलईडी/डीआरएलएस) र बटरफ्लाइ ग्रिलले सजिलैसँग ध्यानाकर्षण गराउँछ । यसमा प्रयोग भएको प्रोजेक्टर हेडल्याम्पले रात्रिकालीन समयमा पनि सहजता प्रदान गर्दछ । यसको भित्री बनावटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो हुल्इस्ले जो कोहीलाई पनि आकर्षित गर्ने बताइएको छ ।

एल्सभिनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टिरिङ्गले चालकलाई सहजता प्रदान गर्नेछ । यसमा सुरक्षाका विविध सुविधाहरु उपलब्ध छन् । यसअन्तर्गत ‘एन्टी लक बे्रकिङ सिस्टम र फ्रन्टल एअर ब्याग’ पनि समावेश छन् । ‘रेर भ्यु’ क्यामराको साथमा पार्किङ सेन्सर, ‘डाइनामिक लाइन्स र प्रोक्सिमिटी अलार्म’ले थप सहजता प्रदान गर्दछ । यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ्ग लाइट समावेश छ ।

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा नवनिर्मित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड गर्नसक्ने बिक्रेताले बताएको छ । यसका साथै चांगन नेपाल डटकममा गई एल्सभिनबारे विस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिनेछ । चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत सर्वसाधारणले पाउने छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया