जेनेसमा १० लाख अमेरिकी डलरबराबरको लगानी
काठमाडौं । बिजनेस अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलरबराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।
बिजनेस अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावनाहरु भएका कारण जेनेस सोलुसन प्रालिलाई विश्वभर डिजिटल रुपान्तरणको उदीयमान कम्पनीको रुपमा स्थापित गराउन विजनेश अक्सिजनले थप लगानी गरेको हो । विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंग हो । यसमा आईएफसीको वल्र्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ ।
यो लगानीलाई ह्वाइट लोटस सेन्टर प्रालिको सहायक कम्पनी डब्लूएलसी भेन्चर प्रालिले व्यवस्थापन गरेको हो । ‘बिजनेस अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित छौँ, यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिस्पर्धी टिम बनाउन सहयोग गर्नेछ’, जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुँयाल भन्छिन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संसाधन विकास गरी डिजिटल रुपान्तरणमा सहयोगी बन्नु हो ।’
बिजनेस अक्सिजनबाट लगानी आएसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा आउने लगानीलाई हाम्रा जनशक्तिको क्षमता अभिवद्धि र यहीँ अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गरिनेछ । जेनेसले हालसम्म नेपाल र अन्य मुलुकमा गरी एक हजार बढी व्यवसायको डिटिजल रुपान्तरणमा सहयोग गरिसकेको छ ।
नेपालसहित आठ मुलुकमा यसका कार्यालय छन् । क्लाउड सेवासँगै जेनिसले उच्चस्तरको डेटा सुरक्षा अडिट र डिजिटल मार्केटिङमा पनि सेवाग्राहीलाई सहयोग गरिरहेको छ । ‘आईटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारीको समयमा यसको महत्व अझै बढी देखिएको छ । अब हरेक व्यवसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन’, बिजनेस अक्सिजन प्रालिका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे भन्छन्, ‘जेनेसमा हाम्रो लगानी यसको टिममा हाम्रो विश्वासलाई देखाउँछ, नेपाललाई बलियो आईटी हब बनाउने जेनेसको उद्देश्यमा सहभागी बन्न पाउँदा खुसी छौँ ।’
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया