निसानद्वारा अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ सार्वजनिक
काठमाडौं । निसानले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च गरेको घोषणा गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्टमा विश्वासिलो बन्दै आइरहेको निसानले ग्राहकका लागि एड्भान्स्ड टेक्नोलोजीसहितका उत्पादन उपलब्ध गराउने जनाएको छ ।
अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी छन्, जसले नभारालाई अझै एड्भान्स्ड बनाएको छ । द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ ।
नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।
निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व लागेको बताए । अल–न्यु नभाराको उपलब्धतापश्चात् कम्पनीले ग्राहकलाई बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने दाबी गरे । पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको उल्लेख गरे । निसान इन्डियाका एक्सपोर्ट–सीबीयु एन्ड साउथ एसिया बिजनेस युनिटका हेड रघुनाथ नायरले निसान नभाराको लाइफस्टाइल एडिसन लन्च गरेर ग्राहकलाई बेस्ट–इन–क्लास भेइकल उपलब्ध गराएको दाबी गरे । आगामी दिनमा समेत अन र अफरोडका लागि डाइनामिक पर्फमेन्स र सेफ्टी तथा कम्फर्टयुक्त बेस्ट–इन–क्लास कार लगातार रुपमा उपलब्ध गराउँदै जाने उनको भनाइ छ ।
द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट (ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् । द अल–न्यु नभारा विभिन्न पाँच भेरिएन्टमा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार २.५ डि नभारा लो एटीको मूल्य ९५ लाख ४९ हजार रुपैयाँ, २.५ डी नभारा हाई एटको मूल्य एक करोड १३ लाख रुपैयाँ, २.५ डी नभारा लो एटको मूल्य ९७ लाख ४९ हजार रुपैयाँ, २.५ डी नभारा हाई एमटीको मूल्य एक करोड ११ लाख रुपैयाँ र २.५ डी नभारा अफरोड हाई एटको मूल्य एक करोड १६ लाख रुपैयाँ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया