हुन्डाईको ग्राहकका लागि ‘हुन्डाई अनमोल अफर’
काठमाडौं । कन्स्ट्रक्सन सोलुसन प्राइभेट लिमिटेड नेपालले ‘हुन्डाईको अनमोल’ अफर बजारमा ल्याएको छ । ग्राहकहरुको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले यस अफर ल्याएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकहरुले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा दुई हजार घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली भरपर्दो इन्जिनहरू राखेर बनाइएका हुन्छन् । हुन्डाईका उपकरणहरु उचित मूल्यमा पाइनुका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा बजारमा सजिलै उपलब्ध छन् । साथै सेवाप्रदायक कम्पनीहरू हप्ताको सातै दिन डोर—टु—डोर सेवा उपलब्ध गराउन प्रयत्न रहेको कम्पनीको भनाई छ । हुन्डाईका निर्माण उपकरणहरु बलियो र टिकाउ हुनुका साथै कम सञ्चालन लागतका साथ उच्च लोड वहन क्षमता हुने कम्पनीको दाबी छ । कन्स्ट्रक्सन सोलुसन प्राइभेट लिमिटेड नेपालको लागि ‘हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट’ को एकमात्र वितरक हो ।
कन्स्ट्रक्सन सोलुसन मुख्यतया हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्यामर ब्रेकर र एमबी बकेट क्रसरहरुको व्यवसाय तथा सेवामा केन्द्रित रहेको कम्पनीले जनाएको छ । कम्पनीले उकरण तथा सेवाहरुको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने काम गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया