काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन् । व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेयपदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको कम्पनीको दाबी छ । सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कम्पनीले सदैव उपभोक्ताहरुको चाहना र आवश्यकताअनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गरिरहेको बताए । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङसहितको कोका–कोला जेरो सुगरलाई विश्वभरकै उपभोक्ताहरुले मन पराएको उनको दाबी छ । यसलाई नेपाली उपभोक्ताहरुले पनि मन पराइदिने आफूहरुले विश्वास लिएको उनले बताए । यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदिप पाण्डेले आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेयपदार्थको आनन्द अनुभव गर्न चाहने युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको बताए । नयाँँ कोका–कोला जेरो सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया