Techie IT
×
गृहपृष्ठकर्पोरेटखल्तीबाट निःशुल्क मेरो सेयर नवीकरण

खल्तीबाट निःशुल्क मेरो सेयर नवीकरण


काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । नेपालमा आईपीओमा लगानी गर्नेको संख्यामा भएको वृद्धिलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

यो अफरअन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेका तथा नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको लागि नवीकरण गर्न सक्नेछन् । प्रयोगकर्ताले मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस अफरअन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसमा अधिकतम क्यासब्याक एक वर्षको नवीकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन्, प्रत्येक खल्ती आईडीले यो अफर एक पटक मात्र लिन सक्नेछन् ।

यो अफर चैत २ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस सेवाबारे थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसले धेरै सम्भावित लगानीकर्तालाई सेयरबजारमा प्रवेश गर्न प्रोत्साहन दिने विश्वास लिएको बताए ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया