Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोन शोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प

फोटोन शोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प


काठमाडौं । फोटोन मोटर्सले आफ्नो शोरुम काठमाडौँ बालकुमारीमा यही फागुन ८ देखि १५ गतेसम्म एक्सचेन्ज क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ ।

पुराना गाडीहरुको बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ, साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया