Techie IT
×
गृहपृष्ठकर्पोरेटभिभोको टोक्यो आरएण्डडी सेन्टर

भिभोको टोक्यो आरएण्डडी सेन्टर


काठमाडौं । हालै भिभोले जापानी विज्ञहरुको टोलीसँगको साझेदारीमा टोक्यो आरएण्डडी सेन्टर स्थापना गरेको छ । भिभो टोक्यो आरएण्डडी सेन्टरका प्रमुख मासाजुमीले यसबारे थप तथ्य अनावरण गरेका छन् ।

भिभो टोक्यो आरएण्डडी सेन्टर सन् २०१९ मा टोक्योको शिम्बासीमा स्थापना भएको हो । यो २ वर्षपछि प्रयोग हुनसक्ने प्रविधिको पूर्व–अनुसन्धान तथा विकासमा केन्द्रित छ । कम्पनीका अनुसार यो केन्द्रले किन दुई वर्षअगावै पूर्व–अनुसन्धान गर्छ ? अनुसन्धान केन्द्रका लागि टोक्यो नै किन छानियो ? यी प्रश्नका उत्तर पाउन यो सेन्टर स्थापना हुनुअघि सन् २०१७ मा फर्कनु आवश्यक हुन्छ । त्यस वर्ष मोबाइल फोनको बजार नयाँ र पुराना ब्राण्डबीच व्यापक प्रतिस्पर्धासहित तीव्र गतिमा वृद्धि हुँदै थियो । यो प्रतिस्पर्धा बजारीकरणबाट प्रविधिमा सरेपछि व्यापार तथा निर्माण क्षेत्रले प्रायः प्रयोगमा ल्याउने ‘ग्लोबलाइजेसन’ शब्द आरएण्डडी क्षेत्रमा पनि देखा पर्न थाल्यो । त्यसै वर्ष भिभोले एक कदम अगाडि बढाउँदै आफ्नो ग्लोबल आरएण्डडी सेन्टर स्थापना गर्ने निर्णयको घोषणा गरेको हो ।

यो रणनीति पछाडिको उद्देश्य विभिन्न आरएण्डडी कार्यका लागि विश्वका फरक फरक ठाउँमा बहुमूल्य स्रोतसाधनलाई परिचालन गर्नु रहेको कम्पनीको भनाइ छ । भिभो टोक्यो आरएण्डडी सेन्टर यसै रणनीति अनुरुप स्थापना भएको हो । कम्पनीका अनुसार जापानसँग मोबाइल इमेजिङ प्रविधि विकासको सय वर्षको इतिहास छ भने यसले फिल्म अर्थात् रीलबाट लेन्स, सेन्सर तथा मोटरलगायत डिजिटल इमेजिङको क्षेत्रमा फड्को मारिसकेको छ । मासाजुमीका विचारमा मोबाइल क्यामरा प्रविधि मजबुत तथा निखारिएको इमेजिङ उद्योगमार्फत सम्भव हुने भएकाले टोक्योमा आरएन्डडी सेन्टर हुनु निकै ठूलो उपलब्धि हो । टोक्यो आरएण्डडी सेन्टर अगाडि बढ्दै जाँदा यसले आफ्नो प्राथमिकता मोबाइल फोन इमेजिङबाट विस्तार गरेर कार क्यामरा, स्पोर्ट्स क्यामरा तथा औद्योगिक क्यामराजस्ता अझ गहन क्षेत्रमा पु-याएको छ ।

यी प्रविधिहरु अन्य बजारमा पूर्ण रुपमा आइनसकेका हुन सक्छन् । तर भिभोको सिग्नेचर गिम्बल क्यामरा सार्वजनिक भएपछि तथा भिभोको वैश्विक निर्माण क्षेत्रहरुको पूर्णतापछि माथि उल्लिखित प्रविधिहरुको व्यावहारिकता/प्रयोगको प्रतीक्षा गर्न सकिन्छ । भिभोको कर्पोरेट कल्चरमा रहेको उपभोक्तामुखी हुनुपर्ने मुख्य नीतिले नै भिभोको आरएण्डडीको कामलाई मार्गनिर्देश गर्दछ । चाहे गिम्बल क्यामरा होस् वा भी१ इमेजिङ चिप यी सबै भिभोको अन्तरंग तथा उपभोक्ताको आवशेयकताको समग्र समीक्षामा आधारित छन् । वर्तमान डाटा तथा प्रविधिको प्रवृत्तिबारे मुख्यालयसँग कुराकानी गर्दै मासुजामीले भने, ‘हामी अहिले अधिकांश समय अनलाइन बैठकमा भर पर्ने गरेको भए पनि हामी अझ बढी संवाद गर्छौँ र सूचना आदानप्रदान पहिलेभन्दा अझ बढी सरल हुँदै गएको छ ।’ मुख्यालयमा रहेको योजना/उत्पादन टोलीले प्रयोगकर्ताको सुझावका आधारमा स्मार्टफोन इमेजिङ टेक्नोलोजीसम्बन्धी भविष्यका अनुसन्धान प्रवृत्तिहरुको विश्लेषण गर्छ । त्यसबाट निस्केको निष्कर्ष टोक्यो आरएण्डडी टिमलाई शेयर गरिन्छ ।

यो प्रक्रियामा मासाजुमीले वैश्विक मागमा परिवर्तन भइरहेको पाएका छन् । ‘वैश्विक उपभोक्ताहरुमा एचडी इमेजिङप्रति उच्च अपेक्षा रहेको छ तर फोनमा भने त्यसका लागि आवश्यक लेन्स मोड्युल राख्ने ठाउँ झन् झन् कम हुँदै गइरहेको छ ।’ यस्तो विपरीत अवस्थामा भविष्यको इमेजिङ हार्डवेयर विकासको एउटा मुख्य दिशा वा तरिका भनेको ‘सानो र एकीकृत’ बनाउनु हुने मासाजुमीको विश्वास छ । उनले व्याख्या गरे, ‘हाल क्यामरा लेन्सहरु सामान्यतया एसेम्बल गरिन्छन्। भविष्यमा यी सबै अझ संवेदनशील र तीव्र सेन्सरसहित एकै स्थानमा एकीकृत हुन सक्छन् ।’

टोक्यो आरएण्डडी सेन्टरको स्थापना भिभोको वैश्विक आरएण्डडी रणनीतिको उदाहरण हो । सन् २०१७ मा भिभोले आफ्नो प्राविधिक अनुसन्धान समग्र स्मार्टफोनको इनोभेसनका क्षेत्रमा एक विधामा नभई बहु–विधामा केन्द्रित हुने प्रस्ताव गरेको थियो । यही उद्देश्यप्राप्तिका लागि भिभोले यसअघि शेन्जेन, डङगुआन, नान्जिङ, बेइजिङ, शांघाई, हाङजोउ, शि’यान, ताइपेई, सान डिएगोमा आफ्ना १० ओटा अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिसकेको छ । यी केन्द्रहरु फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स, औद्योगिक डिजाइन, इमेजिङ सिस्टम तथा अन्या आउँदै गरेका प्रविधिलगायत अत्याधुनिक कन्जुमर इलेक्ट्रोनिक्स प्रविधि तथा सेवाहरुको विकासमा समर्पित छन् । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया