Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोले मोबाइल इमेजिङका लागि ह्यासलबाल्डसँग रणनीतिक साझेदारी गर्ने

ओप्पोले मोबाइल इमेजिङका लागि ह्यासलबाल्डसँग रणनीतिक साझेदारी गर्ने


काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग ओप्पोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औद्योगिकरुपमै अग्रणी क्यामेरा प्राविधिको सह–निर्माणका लागि तीन वर्षका लागि साझेदारी घोषणा गरेको छ । मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरामार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्किने उद्देश्यका साथ दुवै ब्राण्ड यस सहकार्यमार्फत रंग विज्ञानअन्तर्गत नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन् ।

ओप्पो र वानप्लस विचको संघटनदेखि दुई ब्राण्डबीचका रिसर्च एण्ड डेभलपमेन्ट स्रोतहरुलाई एकीकृतरुपमा परिचालन गर्दै कार्यदक्षता बढोत्तरी तथा प्रयोगकर्ता अनुभवमा बढोत्तरीका लागि प्रयत्नहरु भइरहेका छन् । वानप्लस र ह्यासलबाल्डबीचको पार्टनरशिपमार्फत इमेजिङमा हात पारेका उपलब्धि नियाल्दै पार्टनरशिपलाई ओप्पो र वानप्लस दुबै ब्राण्डका लागि कर्पोरेट स्तरमा लैजान पाउँदा ओप्पो उत्सुक रहेको बताइएको छ । ‘वानप्लस र ह्यासलबाल्डबीचको विगत वर्षका सफल सहकार्य पछ्याउँदै पार्टनरशिप विकासको नयाँ श्रेणीमा प्रवेश गर्दै विश्वभरका अझ बढी प्रयोगकर्तालाई प्रख्यात ह्यासलबाल्ड मोबाइल इमेजिंग अनुभव गर्ने अवसर प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ’, चिफ प्रडक्ट अफिसर, पिट लाउले भने, ‘क्यामेरा कलर परफरमेन्स सधैँ नै ओप्पोका लागि प्राथमिकताको विषय रहँदै आएको छ । त्यसैगरी यो ह्यासलबाल्डको डिएनएको अभिन्न अंग समेत हो । मोबाइलका लागि ह्यासलबाल्ड क्यामेराको भविष्य संयुक्तरुपमा अन्वेषण गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’

नयाँ पुस्ताका प्रिमियम स्मार्टफोन अनुभवका लागि वर्ल्ड–क्लास मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्न उत्कृष्ट श्रेणीको इमेजिङ प्रणाली निर्माण गर्नु ओप्पोका लागि प्रमुख रणनीति हो । ओप्पोको पहिलो स्व–विकासित इमेजिङ एनपीयू मारिसिलिकन एक्सको सार्वजनिक पछ्याउँदै ह्यासलबाल्डसँगको सहकार्यमार्फत वल्र्ड–क्लास फोटोग्राफी अनुभव पस्कन ओप्पो अझ प्रतिबद्ध रहेको जनाएको छ । प्रयोगकर्तालाई अझ प्राकृतिक रंग र थप सुदृढ इमेजिङ अनुभव प्रदान गर्न ओप्पो र ह्यासलबाल्डले अब आरएण्डडी सहयोगमार्फत अत्याधुनिक इमेजिंग समाधान पस्किन सहकार्य गर्नेछन् । ह्यासलबाल्डसँगको सहकार्यमार्फत प्राकृतिक रंग क्यालिब्रेसनको लाभ उठाउँदै ओप्पोले पोट्रेट फोटोग्राफीका लागि सम्भव भएसम्म सर्वाधिक प्राकृतिक स्किन टोन उपलब्ध गराउने योजना रहेको जनाएको छ ।

यो तीन–वर्षीय पार्टनरशिपले प्राकृतिक कलर ट्युनिङका लागि सफ्टवेयरमा सुधारदेखि कलर क्यालिब्रेसनमा बढोत्तरीका साथै स्मार्टफोन क्यामेरा परफरमेन्सका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने लक्ष्य समेत बोकेको छ । यसमार्फत ओप्पो मोबाइल फोन्समार्फत समग्र सिनेरियो र क्यामेरा प्रणालीमार्फत समान प्राकृतिक कलर परफरमेन्स उपलब्ध गराउने कम्पनीको उद्देश्य छ । ‘ओप्पो–ह्यासलबाल्ड क्यामेरा फर मोबाइल’ यस सहकार्यको नतिजा पहिलोपटक ओप्पोको नयाँ पुस्ताको फ्ल्यागशिप फाइन्ड एक्स सिरिजमार्फत सन् २०२२को पहिलो त्रैमासिकमा सार्वजनिक हुने जानकारी दिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया