Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नाइनआई स्मार्टफोन नेपालमा

रियलमी नाइनआई स्मार्टफोन नेपालमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेका रियलमी नाइन आई स्मार्टफोन नेपाली बजारका लागि सार्वजनिक गरेको छ । रियलमी नाइन आई २०२२ मा सार्वजनिक हुने रियलमी नाइन सिरिजको पहिलो फोन हो ।

कम्पनीका अनुसार नाइनआईमा भएको स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६ एनएम उत्पादन प्रक्रिया अपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोरटेक्स–ए ७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोरटेक्स–ए५३, एडरेनो ६१० जीपीयूसहितको ओक्टाकोर सीपीयू अपनाएको छ । लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा, यसमा एसडीएम ६८० मा सीपीयू प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५ प्रतिशतले वृद्धि दिन्छ । यसैगरी जीपीयूको प्रदर्शन, उच्च फ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १० प्रतिशतले वृद्धि हुनेछ । एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५ प्रतिशतले वृद्धि हुनेछ । यस्तै ६ एनएम प्रोसेसरले १२ एनएम प्रोसेसर भन्दा ६२ प्रतिशत कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६ प्रतिशतको बढोत्तरी ल्याउँछ । यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ । छ एनएम प्रोसेसरले ल्याएको कम पावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ । आठ आईको ५००० मेगाहर्ज क्षमताको तुलनामा ९आईको ब्याट्री लाइफ ४६ प्रतिशतले सुधार भएको कम्पनीले जनाएको छ ।

स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयू–एडरेनो ६१० जीपीयू आउँछ र ९० हर्ज उच्च रिफ्रेस रेट स्क्रिन प्रविधिलाई पनि समर्थन गर्दछ । यस्तै यसमा भएको उच्च भोल्टेज र कम करेन्ट चार्जिङ प्रविधिले छिटो चार्जिङको सुविधा दिन्छ जसकारण फोनलाई ७० मिनेटमा शतप्रतिशत चार्ज गर्न सकिन्छ । रियलमी नाइन आई डार्ट चार्जमा पाँच–कोर चार्जिङको सुरक्षा छ, जसमा ओभरचार्ज प्रोटेक्सन, ओभर–भोल्टेज प्रोटेक्सन, ओपर टेम्परेचर प्रोटेक्सन र एक्स्ट्रिम केस प्रोटेक्सन समावेश छ । यसले चार्जिङ प्रक्रियाको प्रत्येक चरणलाई कडाइका साथ निगरानी गर्न सक्दछ । यसमा भएको पाँच हजार मेगाहर्ज ब्याट्रीले ४८.४ घण्टा फोन कल, नौ सय ९५ घण्टा स्ट्यान्डबाइ, २०.७ घण्टा व्हट्स्एप, ११६.३ घण्टा संगीत सुन्न सकिन्छ । रियलमी नाइन आईले सहज अनुभवको लागि पाँच स्तरको रिफ्रेस दरलाई समर्थन गरेको छ । यस्तै ९०.८ प्रतिशत स्कृन–टु–बडी फुल–स्कृन ४८० निट्सबाट १ निटमा जान सक्छ ता कि रातमा पनि तपाईं आफ्नो फोन प्रयोग गर्दा आँखालाई गाह्रो नपरोस् ।

रियलमीले फोनमा मेमोरीको कमीले गर्दा हुने कमजोरीहरुलाई समाधान गर्न ड्राई प्रविधिको विकास गरेको छ । जसले रोमलाई -याम विस्तार गर्न भर्चुअल -याममा रुपान्तरण गर्छ । यसमा छ जीबी -याममा पाँच जीबी थपेर ११ जीबी बनाउन सकिन्छ । रियलमी नाइन आईले १२८ जिबी स्टोरेज र एक टीबी एक्स्टर्नल मेमोरी समर्थन गर्ने कम्पनीको भनाइ छ । यसैगरी रियलमी नाइन आईले ५–एक्सिस सिएनसी मसिनिङ अपनाउँछ । प्रत्येक मसिनिङले ९६ एच लिन्छ, जुन असमान किनारा र कोण प्रशोधनको आकर्षक डिजाइन हो । बारम्बार प्रशोधनपछि यसको बनावटले उच्च गुणस्तर उपस्थितिसँग सुसज्जित हुन्छ । यो स्मार्टफोन दुई आकर्षक रंगहरुमा प्रिज्म ब्लु र प्रिज्म ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ४/६४ जिबी भेरिएन्टको मूल्य २४ हजार चार सय ९९ रुपैयाँ र छ/१२८ जीबी भेरिएन्टको मूल्य २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै यसको सोमबारदेखि बुधबारसम्म दराज अनलाइनबाट प्रि–बुकिङ गर्न सकिनेछ । यसका साथै नेपालभरि रहेका सीमित आउटलेटहरुबाट बुधबारदेखि शुक्रबारसम्म प्रि–बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । साथै यसमा छ महिनाको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट पनि पाइने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया