चौथो नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि
काठमाडौं । चौथो नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि चितवनमा हुने भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले विगतका वर्षहरुझैँ यस वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी हुनलागेको हो ।
प्रर्दशनी शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेशको चितवन जिल्लाको चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका एक सय ५० भन्दा बढी स्टलहरु रहनेछन् । उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई तथा भैँसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीका प्रबन्धनिर्देशक श्रीजल भट्टराईले बताए । उक्त प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ/संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्नेछ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पु-याउने साना साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताइएको छ । नेपालको कृषि क्षेत्रको यन्त्रीकरणमा सहयोग पु-याउन यो प्रदर्शनी कोशेढुंगा साबित हुने आयोजक कम्पनीको विश्वास छ । साथै उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै नेपाल फुड एन्ड बेभेरेज एक्स्पो पनि आयोजना हुने आयोजकको भनाइ छ । यस प्रदर्शनीमा फुड एन्ड बेभरेज एक्स्पोअन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिङ लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहनेछन् । प्रदर्शनीमा देशभरिबाट आएका कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुबारे जानकारी गराउने कार्यक्रम समेत रहेको छ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने बताइएको छ । यस प्रदर्शनीलाई बागमती प्रदेश कृषिमन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन गर्ने कार्यक्रम छ ।
यस प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ/संस्थाहरुले सहयोग गरेको आयोजकले जनाएको छ । साथै यस प्रदर्शनीमा भारतीय स्टलहरुलाई समावेश गर्न एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री अफ इन्डियाले सहयोगी भूमिका निर्वाह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया