Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधेरै माइलेज दिने सेलेरियो कार सार्वजनिक

धेरै माइलेज दिने सेलेरियो कार सार्वजनिक


काठमाडौं । नेपालमा सबैभन्दा धेरै माइलेज दिने दाबी गरिएको कार सुजुकी सेलेरियो सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिले एयरपोर्ट शोरुममा सेलेरियो सार्वजनिक गरेको हो ।

यो गाडीको लो रनिङ कष्ट कारण, बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धनिर्देशक प्रविणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, विना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने कम्पनीले जनाएको छ । अल–न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्विपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ (३८.०२ सेन्टिमिटर) अर्बन कालो अलोय पांग्रा र अगाडिको फगल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्छ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो क्याबिन विचारपूर्वक डिजाइन गरिएको कम्पनीको भनाइ छ । स्विपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम अनुभव दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । पावर र माइलेजको उत्तम सम्मिश्रण भएको नयाँ जेनेरेसनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इञ्जिन प्रयोग गरेको छ, जसले नेपालमै सर्वाधिक २६ दशमलव ६८ किलोमिटर प्रतिलिटर माइलेज दिनसक्नेछ । सेगमेन्टमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओटी इमिसन्सलाई १९ प्रतिशतसम्म घटाउनेछ ।

अत्याधुनिक प्रविधिद्वारा सञ्चालित नयाँ सेलेरियोले ८९ एनएमएट३५०० आरपीएमको टर्क र ६७ पीएएट ५५०० आरपीएएमको पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कुल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ । सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले बाहकहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया