काठमाडौं ट्रिएनालेमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट सुरु हुने भएको छ । २०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको हो ।
ट्रिएनालेमा भिन्न–भिन्न विषयवस्तु समेट्ने गरी क्युरेट गरिएका तीन सयभन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् । चैत १७ सम्म चल्ने काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ । यसको भर्चुअल उद्घाटन गत माघ २८ गते भएको थियो । काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्ने फाउण्डेसनकी निर्देशक संगीता थापाले बताइन् ।
ट्रिएनालेको चौथो संस्करणको क्यारेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्युरेटर रहेका कस्मिन कोस्टिनास र सह–क्युरेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्ने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुने बताइएको छ ।
‘अनगिन्ती कलात्मक, सामाजिक तथा सामूहिक कथा र संकथनको मिलनविन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सीमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो’, फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवको रूपमा परिचित काठमाडौं ट्रिएनालेको यो दोस्रो त्रिवार्षिक संस्करण हो । यसले व्यापक कला प्रदर्शनी र सुदृढ शैक्षिक कार्यक्रममार्फत ज्ञानको आदानप्रदानमा आधारित कलाको स्वस्थ वातावरणको विकासमा ध्यान दिन्छ ।
ट्रिएनाले प्रदर्शनी पाटन, काठमाडौं र बौद्धका सेरोफेरोमा रहेका ५ ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानमा हुन्छ । यस प्रदर्शनीले ४० भन्दा धेरै देशका सयभन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् । विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आयोजित यी कार्यक्रम ट्रिएनाले अवधिभर प्रस्तुत गरिनेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया